बुटवलको कोरोना बिशेष अस्पतालमा २ जनाको ज्यान गयो

0
39

  भदौ २०, २०७७ शनिबार बिष्णु बस्याल

बुटवल भदौ २० । बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष आईसोलेसन अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालद्धारा संचालित आईसोलेसन अस्पतालमा नवलपरासीकी एक महिला र बुटवलका एक पुरुषको मृत्यु भएको हो । मृत्यु भएका दुवैमा यस अघि कुनै रोगको लक्षण थिएन ।
अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले पश्चिम नवलपरासीको प्रतापपुर गाउंपालिका वडा नं. २ की ३७ वर्षिय महिलाको बिहान ६ बजे र र बुटवल उपमहानगरपालिका वडा नं. ११ का ४० वर्षिय पुरुषको राती सवा ११ बजे मृत्यु भएको जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएपछि भदौ १७ गते आईसोलेसनमा भर्ना भएकी महिलालाई शुक्रवार रातीदेखि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा राखि उपचार भैरहेको थियो ।
वहांमा कोरोना संक्रमण बाहेक अरु कुनै स्वास्थ्य समस्या देखिएको थिएन सनिवार विहान ६ बजे महिलाको मृत्यु भयो डा. थापाले भने ।
त्यस्तै भदौ १५ गतेदेखि अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका ११ का ४० वर्षिय पुरुषको शुक्रवार राती सवा ११ बजे मृत्यु भएको हो ।
उनलाई चारदिन देखि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायता मै उपचार भईरहेको डा. थापाले जानकारी दिए । ति पुरुषमा पनि कोरोना संक्रमण बाहेक अन्य कुनै स्वास्थ्य समस्या नरहेको थापाले बताए ।
यस्तै अस्पतालको आईसियूमा थप १४ उपचाररत रहेका छन् । ति मध्ये २ जनाको गम्भिर अवस्थामा भेन्टिलेटरमा राखि उपचार भईरहेको डा. थापाले जानकारी दिए ।
योसँगै रुपन्देही जिल्लाका १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या भने पछिल्लो तिनदिनमा मात्रै ८ पुगेको छ ।
यसअघि शुक्रवार र विहिबार ३÷३ जना संक्रमितको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here