बाग्लुङ बाढीपहिरो अपडेट : ६ जनाको ज्यान गयो, सात जना बेपत्ता

0
24

  भदौ १८, २०७७ बिहिबार ९:२८:१६ |रुपिस कार्की

बाग्लुङ – बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी र पहिरोमा परेर ६ जनाको ज्यान गएको छ ।

सात जना अझै हराइरहेका छन् । ढोरपाटनको भुदीखोलामा गएराति आएको बाढीले खोला किनारका कयौँ घर बगाउँदा १३ जना हराएका थिए । अहिले ६ जनाको शव भेटिएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले उज्यालोलाई जानकारी दिनुभयो । 

बाढीले भुदीखोला लघुजलविद्युत र एउटा गाडी पनि बगाएको छ । खोजी र उद्धारकाे लागि प्रमुख जिल्ला अधिकारी न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा जाँदैछ। घटनास्थल सदरमुकामबाट ५ घण्टाको दूरीमा रहेको छ । 

ढोरपाटनको वडा नम्बर ६, ७, ८ र ९ मा गएराति धेरैबेरसम्म मुसलधारे पानी परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here