इलाका प्रहरी कार्यलयमा रहेका १० जना थुनुवा मा कोरोना पोजेटिभ।

0
41

भदौ १०, २०७७ बुधबार शिव देब अर्याल

इलाका प्रहरी कार्यालय बुटवलमा रहेका थुनुवाहरूमा पनि कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार बुटवलको इलाका प्रहरी कार्यालयमा रहेका १० जना थुनुवामा कोरोना संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले बुटवलको इलाका प्रहरी कार्यालयमा रहेका थुनुवामा कोरोना पुष्टि भएको बताए ।थुनुवामा रहेका बाँकी र संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेको समेत उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here